
काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोराना संक्रमणका कारण निमोनिया देखिएपछि जबरा गत सोमबार काठमाडौको बलम्बुस्थित शसस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । उहाँ आज बिहान साँढे ९ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
निमोनियाका कारण अस्पताल भर्ना हुनुभएका जबरा स्वास्थ्यलाभ गरी घर फर्किनु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जबरा अस्पताल भर्ना भएको अवस्थामा सर्वाेच्च अदालतमा कायममुकायम प्रधानन्याधीश तोकिनु पर्ने माग कानून व्यवसायीले राखेपछि सर्वाेच्चको इजलास समेत प्रभावित भएको थियो ।
तर जबराले बिदा नबस्ने र सरकारी निवासबाटै काम गर्ने बताएपछि कायममुकायम प्रधानन्यायाधीशको विवाद टुंगिएको थियो । न्यायालयमा सुधारको माग गर्दै नेपाल बार एसोसियसन र त्यसमा आवद्ध कानुन व्यवसायीले बिगत एक महिना भन्दा अघिदेखि आन्दोलन गर्दै आएका छन् । उनीहरुले प्रधानन्याधीश जबराको राजीनामा समेत माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्