१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु


0
Shares

चितवन, मंसिर १७ । टिपरको ठक्करबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २९ सुविधानगरमा नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ६७२७ नम्वरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो ।

सोही दिशाबाट आउँदै गरेको प्रदेश २-०३-०० १ प ४२४९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार लमजुङ जिल्ला राइनास गाउँपालिका घर भएकी अन्दाजी ५५ वर्षीया चन्द्रकुमारी सार्कीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक सोही ठाउँका २८ वर्षीय विकास नेपाली सामान्य घाइते भएका छन् । ठक्कर दिने ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।