१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं, मंसिर १७ । ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा शुक्रबार सरकारी वकिलले थप २८४ पृष्ठ लामो अभियोगपत्रसहित तामाङ विरुद्ध मुद्दा दायर गरेको हो ।

पूर्वसांसद समेत रहेका तामाङसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा अदालतमा दर्ता भएको हो ।

यो मुद्दा अहिलेसम्मकै ठूलो रकमको र धेरै पीडित भएको मुद्दा रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ बिगोदाबी गरिएको छ । उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए । ठगीको आरोप लागेकामध्ये एक जनाको भने मृत्यु भइसकेको छ । यस मुद्दामा १२ जना पक्राउ परेका छन् भने २९ जना अझै फरार रहेको अभियोजन–पत्रमा उल्लेख छ । गत बिहीबार सीआईबीले सरकारी वकिल कार्यालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।