
भरतपुर, मंसिर १७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो संसद अधिवेशन यसअघि जस्तै सञ्चालन हुने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गरे पनि संसद सञ्चालन गर्ने उहाँको प्रतिक्रिया थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारबाही गरेका सांसद उपस्थित भए आगामी संसद अधिवेशन चल्न नदिने चेतावनी दिनु भएको थियो । दाहालले आफुलाई एमाले १० औँ महाधिवेशन पछि सुध्रियो होला भन्ने लागेपनि उस्तै रहेको टिप्पणी गर्नुभयो ।
संसद अवरुद्ध पार्ने एमालेको नियत ठिक नभएको र यो सत्य सारा नेपालीलाई थाहा भइसकेको उहाँको भनाइ थियो । दाहालले न्यायालय विवादवारे गठवन्धनबीच छलफल भइरहेकाले समस्याले चाँडै निकास पाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्