
फाइल तस्वीर
काठमाडौं, मंसिर १७ । नयाँ बजारको एक गामेन्टमा आगलागी भएको छ ।
प्राइम कलेज नजिकै रहेको एक गार्मेन्टमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो के कारणले लागेको हो भन्ने कारण खुलेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र दमकलसहितको अग्नि नियन्त्रक टोली घटनास्थल पुगेको छ ।
काठमाडौं उपत्यकाको ३ वटा, नेपाल आर्मीको १, ललितपुर र भक्तपुको १/१ वटा गरी ६ वटा दमकलले आगो निभाइरहेका छन् ।
आगो निभाउने काम भइरहेकाले क्षतीको विवरण आइसकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्