
काठमाडौं, मंसिर १७ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलाश बहिष्कारमा उत्रिएका न्यायाधीशहरुले शुक्रबारदेखि सबैखाले मुद्दाको नियमित सुनुवाइ सुरु गरेका छन् ।
सर्वोच्चमा पेशी व्यवस्थापनमा गोलाप्रथा लागु भएपछि शुक्रबारदेखि सबै किसिमको मुद्दामा सुनुवाइ सुरु भएको हो ।
कात्तिक ८ गतेदेखि प्रधानन्याधीश राणाको राजीनामा माग गर्दै इजलाश बहिष्कार गरेका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणको मुद्धा मात्र सुनुवाइ गर्दै आइरहेका थिए ।
कानूनव्यवसायीहरु पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म बहस नगर्ने भन्दै बहस छाडेका थिए । गोला प्रथाबाट पेशी तोकिएको तेस्रो दिन सर्वोच्च अदालतमा नियमित सुनुवाइ भएको हो ।
प्रधानन्यायाधीश राणा कोराना संक्रमण भएर अस्पताल भर्ना भएपछि नेपाल बारले कायममुकायम प्रधानन्यायाधीश नतोकिएको भन्दै प्रश्न उठाएपछि २ दिनसम्म इजलाश बस्न सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्