१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति भण्डारी र स्वास्थ्यमन्त्री खतिवडाबीच छलफल


0
Shares

काठमाडौं, मंसिर १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट जोगिन विगतका अनुभवबाट पाठ सिकेर सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ भेरिएन्ट ओमिक्रोनबाट नागरिकको जीवन रक्षा गर्न जनस्वास्थ्यका मापदण्ड पालनाबारे जनचेतनाका कामलाई निरन्तरता दिन जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले संक्रमणको सम्भावित अर्को प्रकोपबाट बच्न जनतालाई खोप उपलब्ध गराउँदै पूर्वतयारी गर्न आग्रह गर्नुभयो ।