
काठमाडौं, मंसिर १७ । निर्वाचन आयोगले शुक्रबारदेखि स्थानीय तहबाट मतदाता नामावली दर्ता सुरु गरेको छ ।
यही वर्षभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै आयोगले मतदाता नामावली दर्तालाई अगाडि बढाएको हो ।
एक महिनासम्म फोटोसहितको मतदाता नामावली संकलन र सूचीकरण हुने आयोगले जनाएको छ ।
पहिलो चरण तराई, भित्री मधेस, काठमाडौं उपत्यकाका पालिका तथा स्थानीय तहबाट र दोस्रो चरण बाँकी रहेका स्थानीय तहबाट मतदाता नामावली संकलन गर्ने आयोगको तयारी छ ।
ैदेखि जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको आयोगले यसपटक स्थानीय तहबाट नामावली संकलन गर्न थालेको हो ।
१६ वर्ष पुगेका नागरिकता प्राप्त व्यक्तिले फोटोसहित मतदाता नामावली दर्तामा सहभागि हुन पाउनेछन् । नाम दर्ता गर्नका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्ने आयोगले जनाएको छ । निर्वाचनमा मतदान गर्न भने १८ वर्ष उमेर हुनुपर्ने कानुनी प्रावधान छ ।
सरकारले मतदाता नामावली संकलन प्रयोजनका लागि ५ करोड ६४ लाख रुपैयाँ बजेट आयोगलाई दिएको छ । नेपालमा हाल १ करोड ६२ लाख ४३ हजार मतदाता कायम छन् ।
प्रतिक्रिया दिनुहोस्