
काठमाडौं, माघ ९ । सुन चाँदीको मूल्य आज पुनः उकालो लागेको छ । अघिल्लो दिन सामान्य ओरालो लागेको सुनको भाउ आज पुनः बढेकोे होे ।
अन्तर्राष्ट्रिय बजार पच्छयाउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ७५ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ५ सयले घटेर ७४ हजार ८ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५ रु. पैयाँले बढेर ८ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ । यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंन्स १५ सय ५५ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्