
काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पोर्चुगिज च्याम्पियन स्पोर्टिङ लिस्बोन र पोर्टोलाई जरिवाना गरेको छ । फाइनान्सियल फेयर प्लेको नियम उल्लंघन गरेको भन्दै यूईएफएले लिस्बन र पोर्टोलाई जरिवाना गरेको हो । लिस्बनलाई २ लाख ५० हजार युरो र पोर्टोलाई तीन लाख युरो जरिवाना तोकेको छ । यूईएफएले उनीहरुलाई बाँकी रकम २०२२ को जनवरी ३१ सम्म भुक्तानी गर्नु पर्ने जनाएको छ । उक्त अवधिमा रकम नबुझाए यूईएफएको प्रतियोगितामा प्रतिबन्ध पर्ने बताइएको छ ।
यस्तै अन्य ६ क्लबसमेत यूईएफको कारबाहीमा परेका छन् । यूईएफले स्पेनको रियल बेटिस, काजकिस्तानको अस्टना, रोमानियाको क्लुज, बुल्गेरियाकोया सोफिया, गिब्राल्टरको मोन्स र पोर्चुगलको सान्टा क्लाराले फाइनान्सियल फेयर प्लेको नियम उल्लंघन गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्