
विराटनगर, मंसिर १८ । कांग्रेसको प्रदेश १ को नेतृत्व चयनका लागि मतदान सकिएको छ ।
निर्वाचन समितिका अनुसार कुल १ हजार ८ सय २० मतदातामध्ये १ हजार ७ ५२ मत खसेको छ ।
मतगणना कांग्रेसको जिल्ला पार्टी कार्यालय विराटनगरमा हुने निर्वाचन समितिका प्रमुख भरत थापाले जानकारी दिनुभयो ।
सभापतिसहितका पदाधिकारी चयन गर्न एक हजार ७ सय ५२ मतदाता प्रदेश नेतृत्व चयनमा सहभागि थिए ।
सभापति पदका लागि गुरुराज घिमिरे र उद्धव थापा, उपसभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, विश्नाथ रिजाल र रमेशजंग रायमाझी, त्यसैगरी महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्वा चुनावी मैदानमा छन् ।
त्यस्तै, सहमहामन्त्री खुलातर्फ खड्ग फागो, रोहितकुमार साह, विनोदकुमार बस्नेत, वीरकाजी राई र शुभचन्द्र राई चुनावी मैदानमा छन् ।
सहमहामन्त्रीतर्फ एक महिलामा प्रमिला गच्छदार र सीता कार्कीको उमेदवारी छ ।
प्रतिक्रिया दिनुहोस्