२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी


0
Shares

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सभापतिमा संस्थापन इतर समूहका उम्मेदवार शुक्रराज शर्मा विजयी हुनुभएको छ । शनिबार भएको निर्वाचनको आइतबार बिहान सम्पन्न मतगणनाबाट शर्माले ६ सय १२ मत ल्याएर सभापतिमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी संस्थापन समूहका अर्जुन प्रसाद जोशीले ५२८ मत प्राप्त गर्नुभयो ।

यस्तै, मतगणना अनुसार उपसभापतिमा शर्मा प्यानलकी कल्पना तिवारी र जोशी प्यानलका मेखलाल श्रेष्ठ निर्वाचित हुनु भएको छ । तिवारीले ६२४ मत र श्रेष्ठले ५५६ मत ल्याएर विजयी हुनु भएको हो । उपसभापतिमा प्रतिस्पर्धा गरेका हरिप्रसाद श्रेष्ठले ५४८ र नेत्रबहादुर महतले ४५६ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

महामन्त्रीमा शर्मा प्यानलका किरणबाबु श्रेष्ठले ५७३, विष्णु लामिछानेले ५६४ मत तथा सहमहामन्त्रीमा शर्मा प्यानलका रमेशकुमार पाण्डेले ६०५ मत र ५७० मत ल्याएर रामचन्द्र जोशी विजयी हुनु भएको छ । सहमहामन्त्री महिलातर्फ शर्मा प्यानलकी कोपिला रानाभाट ५९२ मत ल्याएर बिजयी हुनु भएको छ ।

कुल एक हजार एक सय ६६ प्रतिनिधि रहेकोमा एक हजार एक सय ४६ मत खसेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।