
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजको एक मात्र खेल हुनेछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
बलियो टिम आर्मीविरुद्ध मैदानमा उत्रदा ब्रिगेड ब्वाइज तनावमा हुनेछ । जारी लिगमा सुरुका दुई खेलबाट ४ अंक जोडेको ब्रिगेड आज दोस्रो जितको खोजीमा हुनेछ । उता आर्मी भने पहिलो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा बलिया टोलीहरु मच्छिन्द्र र पुलिस क्लबसँग बराबरी खेलेको आर्मी क्लबको २ अंक मात्रै छ ।
लिगमा तीन खेलबाट ७–७ अंक जोडेका सातदोवाटो युथ क्लब र मच्छिन्द्र क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानको संकटा क्लबको ५ अंक छ । पुछारमा रहेका एपिएफ र जावलाखेल युथ क्लबले अंक जोड्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्