१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा बारा जिल्लाकी २३ वर्षीया सुष्मा मिश्र निर्वाचित भएकी छन् ।

उहाँ खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी हुन् । सुष्मा राप्रपाकी कान्छी केन्द्रीय सदस्य बन्नु भएको छ ।

कमल थापाको प्यानलबाट उम्मेदवार भएकी सुष्माले १ हजार २ सय ८७ भोट ल्याउनु भएको थियो ।

सुष्मा हाल राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

उहाँ बारा क्षेत्र नम्बर ३ को (क) बाट राप्रपा महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो ।

हाल बीएएलएलबी चौथो वर्षमा अध्ययरत सुष्माले आगामी दिनमा पार्टी राजनीति र विद्यार्थी राजनीतिलाई एकसाथ बढाउने योजना रहेको बताउनु भयो ।

सुष्माले पार्टीमा युवा पुस्ता आउनु सकरात्मक पक्ष भएको बताउनु भएको छ ।