
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । उहाँहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले सो समाचार दिएको छ । प्रवक्ता पेस्कोभले रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको जानकारी दिनुभयो । सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उहाँहरुको चाहनाअनुसार हुने जवाफ दिनुभएको छ ।
वार्ताका क्रममा युक्रेनलगायतका विषयमा कुराकानी हुने पनि उहाँले जानकारी दिनुभएको सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्