२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीलाई


0
Shares

काठमाडौं, मंसिर १९ । लुम्बिनी प्रदेशले यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सुदुरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।

लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भयो ।

सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाउँदा कप्तान खडक बोहरा २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रन मात्र जोडन सके ।

सुदुरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका अजय चौहानले ५ विकेट लिए । दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसेनले २ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए । विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे ।

सुदुरपश्चिमका आकाश चन्दले ३ विकेट लिए । शेर मल्ल र हेमन्त धामीले २–२ विकेट हात पारे । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगिता सात प्रदेशले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।