२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


कसले जित्ला कांग्रेसको बागमती प्रदेशमा ?


0
Shares


काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणकोमतदान सकिएसंगै मतगणनाको तयारी भइरहेको छ ।
शनिबार भएका निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकपछि आज फेरि दोस्रो चरणको मतदान भएको हो ।
प्रदेश राजधानी हेटौँडामा आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साझ साढे पाँच बजे सकिएको थियो ।

शनिबार भएको पहिलो चरणको मतदानमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधानबीच प्रतिस्पर्धा भएको थियो ।
पहिलो चरणमा बानियाँ पहिलो,केसी दोस्रो र प्रधानलाई तेस्रो स्थान प्राप्त भएको थियो । पहिलो चरणमा बानियाँको ९९२ मत, केसीको ८७२ र प्रधानको १९७ मत आएको थियो ।

दोस्रो चरणमा प्रधानले बानियाँलाई समर्थन जनाउनु भएको छ । आजको मतदानमा २०२५ मत खसेको छ । प्रधानले बानियाँलाई समर्थन गरेको अवस्थामा उहाँले जित्ने आंकलन गरिएता पनि प्रधानले पाएको मत विभाजन भएको केसीले पनि बाजी मार्न सक्ने एक कांग्रेस नेताले इमेजखबरसँग बताए । अब बानियाँ र केसी मध्ये कसले कांग्रेसको बागमती प्रदेश सभापतिमा बाजी मार्ने हुन् भन्ने कांग्रेस नेता कार्यकर्तामा चासो बढेको छ ।
कांग्रेसको १४ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन भएको हो । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।