
काठमाडौं, माघ १० । अन्नपूर्ण बेस क्याम्पमा हराएकाको खोजी कार्य स्थगन गरिएको छ ।
गत शुक्रबार उक्त क्षेत्रमा हिमपहिरो जाँदा हराएका चार दक्षिण कोरियाली र तीन नेपालीको खोजी कार्य सरकारले औपचारीक रुपमै स्थगन गरेको हो ।
चार /पाँच दिन देखि लगातार उद्धारमा खटिंदा पनि हराएकाहरुलाई फेला पार्न नसकिएको र मौसम बिग्रिदैं गएकाले उद्धारकार्य स्थगन गरिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।
उद्धारकर्ताकै ज्यान जोखिममा पर्न सक्ने र अब जिवितै उद्धार गर्न सकिने अवस्था पनि नरहेकाले उद्धारकार्य रोक्ने निर्णय गरिएको उनले बताए । मौसममा सुधार आएपछि छलफल गरेर थप प्रक्रिया अगाडी बढाइने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्