४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारको ‘वियरिष ट्रेण्ड’मा ब्रेक


0
Shares

काठमाडौं, मंसिर २० । शेयर बजारको ‘वियरिष ट्रेण्ड’मा ब्रेक लागेको छ ।

पछिल्लो दिन निरन्तरजसो भारी गिरावट आएको बजारमा सोमबार एकाएक दोहोरो अंकको सुधार आएको हो ।

मौद्रिक नीति समिक्षासंगै ओरालो लागेको बजार सोमबार पहिलो पटक दोहोरो अंकले सुधारिएको हो ।

सबै समूहमा हरियाली छाउँदा कारोबार पनि सुधारिएर साढें ४ अर्ब माथि पुग्यो । उतार चढावबीच नेप्से ३२ अंकले उकालो लागेर २५ सय ४६ कायम भएर थामियो ।

अधिकांश समूह दोहोरो अंकले सुधारिंदा विकास बैंक र जीवन बीमा समूहमा सय अंक माथिको बृद्धि आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २६ कम्पनीको ९५ लाख कित्ता बराबर शेयर ४ अर्ब ५५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ५७ कम्पनीको मूल्य बढ्दा २५ कम्पनीको बढ्यो भने ७ को स्थीर रहेको पनि एक्सचेन्जले जनाएको छ ।