१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


घुस लिएको अभियोगमा पुनःनिर्माणका कर्मचारी पक्राउ


0
Shares

भोजपुर, माघ १० । पुनःनिर्माण प्राधिकरणका कर्मचारी ६ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

इञ्जिनीयर तिवारीलाई शुक्रबार ६ हजार रुपैयाँ घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ ।  रासस