९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सरकारको दुई वर्ष उत्साहवर्धक रहेन, एमसीसी पारित गर्छौंः दाहाल


0
Shares

काठमाडौं, माघ १० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको दुई वर्षको कामले आशा जगाउन नसकेको टिप्पणी गरेका छन् ।

नवलपुरको देवचुलीमा पार्टी प्रशिक्षण कार्यक्रममा उनले सरकारको दुई वर्ष न निराशाजक न उत्साहवर्द्धक नै रह्यो भन्ने टिप्पणी गरेका हुन् ।

उनले सरकारले पार्टी चलाउने होइन, पार्टीले सरकार चलाउने हो भन्दै सरकारले पार्टी चलाउन खाजेको असन्तुष्टी पनि पोखे । उनले सत्ताले पार्टी चलाउने होइन, विवेकले सत्ता चलाउने हो भने ।

पार्टी कमिटीहरु नहुँदा सरकारका राम्रा कामको प्रचार हुन नपाएको भन्दै उनले प्रदेश र स्थानीय सरकारका गल्ती कमजोरी सच्याउन पनि पार्टी कमिटी जरुरी परेको बताए ।

अबको तीन वर्ष पार्टीलाई एकतावद्ध गरेर जनतामा जाने र जनताको समस्यालाई नजिकबाट समाधान गर्दै जनतालाई पार्टीप्रति आकर्षित गरिने योजना उनले सुनाए । उनले बजेट बजेट लोकप्रिय ल्याउन पनि सुझाए ।

अध्यक्ष दाहालले एमसीसी अन्तर्गतको अमेरिकी सहयोगलाई राष्ट्र हितमा हुने गरी पारित गरिने बताए । सरकारले एमसीसीमा धेरै सोच विचार गरेर मात्र निर्णय लिने भन्दै नआत्तिन आग्रह उनको आग्रह थियो ।

सुस्ता र कालापानीको सीमा समस्याबारे छलफल थालिसकिएको उनको भनाइ थियो ।