
काठमाडौं, माघ १० । ऊर्जामन्त्री वर्षमान पुनले माओवादी सशस्त्र द्वन्द्वका बालसैनिकको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री पुनले बालसैनिकका समस्या मूल ऐजेण्डा बन्न नसकेको भन्दै राज्यले कोशिस गर्दागर्दै पनि नसकिरहेको बताए ।
कार्यक्रममा पूर्व बालसैनिकहरुले आफूहरुलाई शिविरबाट बिदा गरेको १० वर्ष भईसक्दा पनि आफूहरुको हक हीतको सुरक्षा र जिविकोपार्जनको व्यवस्था हुन नसकेको बताए ।
कार्यक्रममा मानव अधिकारकर्मी प्रदीप पोखरेलले राज्यले इच्छाशक्ति देखाएमा पूर्व बाल सैनिकको समस्या समाधान गर्न सकिने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा स्वोराजगार कार्यक्रमहरुमा उनीहरुलाई अवसर दिनुपर्ने बताए ।
कार्यक्रममा द्वन्द्व पीडित साझा चौतारीका सल्लाहकार सुमन अधिकारीले द्वन्द्व पीडितहरुको समस्या समाधान गर्न सरकार कहिल्यै पनि गम्भीर नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्