
काठमाडौं, मंसिर २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रिय कार्य समितिको बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
आउँदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सो समिति गठन गरिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । बैठकले समान विधारधारा भएका व्यक्ति, पार्टी, धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति पनि गठन गरेको छ ।
राप्रपाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष धु्रवबहादुर प्रधान नेतृत्वको समिति बनाएको छ ।
बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालगायतका सबैप्रति पनि आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्