१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाजुरामा जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु


0
Shares

बाजुरा, मंसिर २२ । बाजुरामा जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु भएको छ ।

हिमाली गाउँपालिकाको धुलाचौरमा बुधबार जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु भएको हो ।

हिमाली गाउँपालिका वडा नं ६ पाडीका विर्ख रोकायाका छोरा अंकित रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ जीपले ठक्कर दिर्दा घाइते बालकको उपचारको लागि ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।

सदुरपश्चिम प्रदेश ०१ ००१ ज ११६४ नम्वरको जिपले ठक्कर दिएको र गम्भीर अवस्थामा रहेका रोकायालाई थप उपचारका लागि कोल्टी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको बताइएको हो ।

जिप चालकलाई प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताउनुभयो ।

बाजुरामा एक साता दुर्घटनाबाट ४ जनाको मज्यान गएको प्रहरीले जनाएको छ ।