६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सुनचाँदीको मूल्य यथावत्


0
Shares

gold

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य यथावत् रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

तेजावी सुन प्रतितोलामा ९१ हजार ८ सय रुपैयाँमै कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि यथावत् रहेर १ हजार २ सय रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।