९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


पूर्वसांसद कार्कीको निधन


0
Shares

पाल्पा, माघ १२ । नेपाली कांग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ ।

मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए । 

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा वि.सं २००० मा जन्मैका उनी वि.सं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चएका थिए । वि.सं २०५१ देखि २०५६ सम्म उनले कांग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गरेका थिए । रासस