९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


न्यायाधीश हरि फुयाँलले नहेर्ने भए सापकोटा विरूद्धको रिट


0
Shares

काठमाडौं, माघ १२ । अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रकृया रोक्न आदेश माग्दै परेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने बताएका छन् ।

सापकोटामाथि लागेको हत्या आरोपसम्बन्धी रिट अदालतमा विचाराधीन भएकाले उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिट फुयाँलको इजलासमा परेको छ ।

यसअघि सापकोटा विरूद्ध सुशील प्याकुरेल लगायतले हालेको रिटमा बहस गरेकाले आफूले यो रिट हेर्न नमिल्ने उनले बताइसकेका छन्। उनले यो रिट आफूले हेर्न मिल्दैन भनेको अदालत स्रोतले जनाएको छ ।