१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धादिङ कांग्रेसका पूर्वसभापति रमेश धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय समितिमा पुग्ने चाहना व्यक्त गर्दै धमाधम उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् ।यसैक्रममा कांग्रेस धादिङका पूर्वसभापति रमेश धमलाले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पार्टीको रुपान्तरण र समाजको नवोन्नतीका लागी आफ्नो उम्मेदवारी भन्दै धमलाले परिवर्तित कांग्रेस बनाउन आफ्नो पहल हुने उल्लेख गर्नुभएको छ ।

पार्टी पुनर्जागरणका लागि सही दृष्टिकोणसहित समाज बदल्न सक्ने राजनीतिक दल बनाउनु आजको आवश्यकता भएको भन्दै उहाँले नयाँ पुस्तालाई नेतृत्व तहमा पुर्‍याउने यो महाधिवेशन कोशेढुंगा बन्ने बताउनुभयो ।