
काठमाडौं, मंसिर २३ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को शुरुवात गरेको छ ।
महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाटै जरिवाना रकम तिर्ने व्यवस्थाको शुरुवात गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सन्जिव शर्मा दासले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताउनुभयो । उहाँले अबदेखि चिट काटेपछि जरिवाना तिरेर कागजपत्र लिन ट्राफिक कार्यालय पुग्न नपर्ने बताउनुभयो ।
प्रमुख भट्टराईले कारबाहीमा परेकाहरुको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने बताउनुभयो ।
महाशाखाले पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुरु गरेको हो ।
त्यस्तै मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकले तत्काल जरिवा तिरेपनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्