९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना डाँका पक्राउ


0
Shares

काठमाडौं, माघ १२ । खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गरिएको थियो ।

घटना माघ ९ गते काठमाण्डौं तार्केश्वर न.पा वडा नं २ काभ्रेस्थली शान्तिधाम मन्दिर जाने सडकमा भएको थियो ।

पक्राउ पर्नेमा दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गा.पा. वडा नं ६ का नकुर तामाङ, रसुवा आमाछोदिङमो गाउापालिकाका दावा छिरिङ तामाङ छन् ।

यसैगरी रामेछाप मन्थली न.पा. पुरानागाउँका कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिकाका तेन्जिङबहादुर तामाङ र संजित वाईवालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।