१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अर्थमन्त्रीको दावी


0
Shares

काठमाडौं, मंसिर २३ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने दावी गर्नु भएको छ ।

बिहीबार अर्थसमितिमा बोल्दै अर्थमन्त्री शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुग्ने बताउनु भएको हो ।

बजेट समयमै नआएकोले पछिल्लो समय पूजिगत खर्च ७.९ प्रतिशत मात्रै भएको उहाँले बताउनुभयो । मन्त्रालयले आगामी दिनमा मासिकसम्म पूजिगत खर्च १० प्रतिशत पुर्‍याउने गरि काम गरिरहेको जानकारी दिनुभयो ।

त्यसैगरी अर्थमन्त्रीले मुद्रास्फीतिमा अहिले सम्म ४.२ प्रतिशतमै रहेको भन्दै आगामी दिनमा पनि ६.५ प्रतिशत भित्रै राख्ने र नेपालको खर्च प्रणाली संरचना सुधार आवाश्यक रहेको बताउनुभयो ।

हालसम्म विदेशी विनिमय संचिति १३ खर्ब ९९ अर्ब रहेको र ७ महिनाको वस्तु तथा सेवा आयात धान्ने भन्दै सकारात्मक अवस्थामा रहेको छ ।

चालू आर्थिक वर्ष सुरु भएयता ४ खर्ब १६ अर्ब राजश्व उठिसकेको छ जुन गत वर्ष भन्दा ४० प्रतिशत बढी हो । मन्त्री शर्माले खर्च कम हुँदा त्यस्को दबाब तरलता परेको भन्दै तरलत व्यवस्थापनका लागि प्रयास भैरहेको बताउनुभयो ।