
web pic
लमजुङ, मंसिर २३ । लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका २ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १ जना शिक्षक र २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा कपिलवस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका गणेश भण्डारी छन् । लमजुङ प्रहरीका अनुसा जीपमा सवार ९ जना घाइते भएका छन् ।
मृतक र घाइतेलाई जिल्ला अस्पताल बेसीशहर लगिएको ।
प्रतिक्रिया दिनुहोस्