
काठमाडौं, मंसिर २३ । पछिल्ला दिन निरन्तरजसो पहिरो जारी रहेको शेयर बजारमा साताको अन्तिम दिन भने केही सम्हालेर बन्द भयो ।
तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से ६ अंक बराबरले मात्र ऋणात्मक रहेको हो ।
यस दिन सेन्सेटिभ इन्डक्ेस सहित ४ वटा समूह हरियो समेत रहे । यस दिन पनि कारोबार भने साढें २ अर्ब हाराहारीमै सीमित रह्यो ।
यस दिन होटल तथा पर्यटन, अन्य, सामूहिक लगानी कोष र लगानी समूह सामान्य अंकले हरियो रहे बाहेक अरु समूह ओरालो लागे ।
अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३१ कम्पनीको ६२ लाख २३ हजार कित्ता शेयर २ अर्ब ६७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ६ कम्पनीको शेयर मूल्य घट्दा ७२ को बढ्यो भने ११ को स्थिर रहेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्