
काठमाडौं, माघ १२ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले छानेको पात्र उपयुक्त रहेको दावी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद अग्निप्रसाद सापकोटाको नाम सभामुखमा प्रस्ताव गर्दै उनले भने, ‘आफूहरुको चयन उपयुक्त भएको त संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव नगरेकोले प्रष्ट भयो ।’
सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक रहेको भन्दै उनले प्रशंसा गरे ।
सापकोटाले सभामुखको भूमिका कुशल रुपमा निर्वाह गर्ने अपेक्षा पनि उनले व्यक्त गरे । सापकोटालाई सभामुख बनाइयोस् भन्ने नेम्वाङको प्रस्तावलाई नेकपा सांसद देव गुरुङ, ओनसरी घर्ती र राजपा सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्