१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

दाङ । घोराही उपमहानगरपालिका–१६ मा बिहीबार बेलुकी जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रा १ च ३८५ नम्बरको जीपले विपरित दिशातर्फ जाँदै गरेको रा ४ प ४०२ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घोराही–१६ कै ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको हो ।

चन्दको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने जीप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।