९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


महाधिवेशनको रमझम हेर्नकै लागि बाँकेबाट काठमाडौं आएका एक वृद्ध


0
Shares

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनस्थलमा भाषण चलिरहँदा त्यस वरपर देखिएका दृश्य साँच्चै अनौठा थिए । बस्ने कुर्सी नपाउँदा छटपटिनेदेखि लिएर महाधिवेशन भनेको पत्तै नपाउने पनि रमिते बनेर उपस्थित थिए । महाधिवेशनको रमाइलो दृश्य हेर्ने मोहले नेपालगञ्जबाट दुईदिन लगाएर आउने सहभागी पनि कार्यक्रममा भेटियो ।

विवाहको साइत मानिने मंसिर महिना यसपल्ट पार्टीहरुको महाधिववेशन महिना बन्यो । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी लगत्तै यतिबेला मुलुकको जेठो पार्टी कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ । महाधिवेशनस्थलमा देखिएका झाँकी रोमाञ्चक लाग्थ्यो । कोही रुखमा चढेर मन्तब्य सुन्न मग्न देखिन्थे । महाधिवेशनको रमझम हेर्न र पार्टीको माया लाग्यो त्यसैले बाँकेबाट दुईदिन लगाएर काठमाडौं आएको एक वृद्ध बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, सबैसँग भेटपनि हुन्छ भनेर काठमाडौं आए ।

महाधिवेशनमा सहभागी केहीलाई महाधिवेशन के का लागि र उम्मेदवार को हो भन्ने सम्म हेक्का थिएन । महाधिवेशन हेर्नका लागि आएको एक महिला बताउनुहुन्छ ।

उता, मञ्चको वरिपरि उम्मेदवार मत माग्न ब्यस्त थिए । प्रचारप्रसारमा देखिएको तडकभडक प्रतिस्पर्धाले चुनाव महँगो हुँदै गएको प्रष्ट हुन्थ्यो । भित्र नअटाएकाहरु भृकुटीमण्डप बाहिर भेला भइ भाषण सुनिरहेका थिए । भृकुटी मण्डपमा बसेर व्यापार गर्ने साना स्वरोजगार व्यवसायीहरुको व्यापार भने पुरै प्रभावित भएको थियो ।