१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुलकुसी शरणको मन्दिर स्थापना


0
Shares

काठमाडौं, मंसिर २६ । काठमाडौंको भेडासिंहको किलागल टोकमा पुलकुसी शरणको मन्दिर स्थापना भएको छ ।

नेवारी समुदायमा पुलकुसी अर्थात ऐरावत हात्तीलाई देवताको रुपमा पुज्ने चलन छ ।

नव निर्मित मन्दिरको उद्घाटन गर्दै काठमाडौ महानगर मेयर विद्यासुन्दर शाक्यले नेपालको धार्मिक एवं सांस्कृतिक पक्षको जगेर्ना सवै नागरिकको जिम्मेवारी रहेको बताउनुभयो ।

ज्यापु साँस्कृतिक सम्प्रदाय संरक्षक समितिले गरेको मन्दिर उद्घाटन कार्यक्रममा उहाँले काठमाडौंलाई सांस्कृतिक सम्पदाको रुपमा विकास गर्न महानगर दत्तचित्त दिएर लागि परेको बताउनुभयो ।
परापूर्व कालदेखि राजा इन्द्रको बाहान मानिने ऐरावत हात्ती इन्द्रजात्राको समयमा नचाइने परम्परा रहिआएको छ ।