
काठमाडौं, मंसिर २६ । केहि दिनयता ओरालो लागिरहेको शेयर बजारमा आइतबार पनि उच्च अंकको गिरावट आएको छ ।
उतारचढावबीच शेयर बजार परिसूचक नेप्से ८८ अंकले ओरालो लागेर २३ सय ६१ बिन्दुमा आएर थामियो ।
यसदिन कारोबार भएका अधिकांश समुहमा गिरावट आएसँगै बजार परिसुचक नेप्से पनि ओरालो लागेको हो ।
जीवन बिमा समुह सबैभन्दा उच्च ५ सय ७ अंकले ओरालो लाग्दा निर्जिवन बिमा समुह ४ सय ९० अंकले ओरालो लाग्यो ।
जलविद्युत, विकास बैंक, होटल तथा पर्यटन, वित्त, उत्पादनमूलक, लघुवित्त र अन्य समूहमा दोहोरो अंकको गिरावट आयो ।
यसदिन १ सय ८४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ५ कम्पनीको बढ्यो । ७४ लाख ६० हजार कित्ता शेयर ३ अर्ब ८२ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्