
काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवार हुनेहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।
कांग्रेस निर्वाचन समितिले जानकारी दिए अनुसार १ जना सभापतिका लागि ५ जना, दुई जना उपसभापतिका लागि ७ जना, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएकामा ती मध्ये पदाधिकारीमा उम्मेदवारी दिने २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने ५५ जनाले मनोनयन फिर्ता लिएका छन् ।
प्रदेश नम्बर २ वाट आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल भने निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले नामावली फिर्ता लिन समयसीमा तोकेको थियो । सो समयसीमाभित्र २ जना पदाधिकारी र ५५ जना केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरुले नामा फिर्ता लिएका हुन् ।
अन्तिम नामावली यस्तो छ (नामसहित)
प्रतिक्रिया दिनुहोस्