
काठमाडौं, मंसिर २६ । माघ १ गतेबाट विरगञ्ज सुख्खा बन्दरगाह र आइसिपी दुबै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणाली मार्फत सञ्चालन हुने भएको छ ।
विरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले एकीकृत भन्सार जाँच चौकी कार्यालयमा पुष १ गते देखि र माघ १ गतेदेखि बन्दरगाहको सम्पूर्ण कामकागज कागज तथा नगदरहित हुने दाबी गर्नुभएको हो ।
पौडेलले सुख्खा बन्दरगाहमा पूर्वाधारको कमी तथा दक्ष प्राविधिक जनशक्ति अभावका कारण काम गर्न समस्या भइरहेको पनि बताउनु भयो । उहाँले भन्सारमा विदेशबाट आएका समान तथा ट्रक÷कन्टेनर स्क्यानका लागि ल्याइएको मसिन प्राविधिक नहुँदा विगत १० बर्षदेखि त्यतिकै थन्किएर बसेको बताउनुभयो ।
चीन सरकारले अनुदानमा दिएको स्क्यान मेसिन भन्सारका कर्मचारीले चलाउन नजान्दा प्रयोग विहिन भएर बसेको पौडेले बताउनुभयो । बिग्रिएको मसिन बनाउने प्राविधिक समेत भारत तथा चीनबाट नै ल्याउनु पर्ने भएकाले छिटो छरितो ढंगले काम हुन नसकेको उहाँले बताउनुभयो ।
यता, नेपाल इन्टरमोडल यातायात समितिका विरगञ्ज प्रमुख कमल ज्ञवालीले आइसिपी सञ्चालनमा आएसंगै व्यापारमा धेरै दसम्म सहजीकरण भैरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्