१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद बैठकको तयारी पूरा भएको सभामुख सापकोटाको भनाइ


104
Shares


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थलको निरिक्षण गर्नु भएको छ ।

संसद भवनको निरीक्षण पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले भोलि मंगलबारदेखि सुरु हुने संसद अधिवेशनका लागि संघीय संसदका तर्फबाट सबै तयारी पूरा भैसकेको जानकारी दिनुभयो ।

संसद बैठक तयारीकै सन्दर्भमा संसद भवनमा सभामुख सापकोटाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा उहाँको रिजल्ट नेगेटिभ आएको छ ।