९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एमसीसी पारितका लागि भूमिका खेल्न सभामुखसँग प्रधानमन्त्री ओलीको आग्रह


0
Shares

काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी ओलीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट, एमसीसी सदनबाट पारित गराउनका लागि सभामुखसँग सहयोग मिल्ने अपेक्षा गरेका छन् ।

प्रतिनिधिसभाको मंगलवार भएको बैठकमा ६/७ जना प्रधानमन्त्रीको पालादेखि बाँकी रहेको एमसीसी परियोजना पारित गर्नुपर्ने र विकासको काममा पूर्ण ध्यान दिनुपर्ने भएकाले यसतर्फ सभामुखको सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।

थुप्रैं विधेयक पारित गरेर ऐन बनाउनुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री ओलीले अब कुनै अलमल नगरी ती विधेयकहरु पारित गर्नका लागि सदनको साथ मिल्ने अपेक्षा गरे ।

दलहरुबीचको सम्पूर्ण एकतामा जोड दिँदै उनले सबै परिवर्तन एकताबाटै सम्भव भएको दृष्टान्त दिए ।

राजनीतिक परिवर्तनको एजेण्डा सकिएको भन्दै उनले अबको समय विकासको समय रहेकाले सरकार रफ्तारका साथ अघि बढ्ने र संसदबाट पनि त्यही सहयोगको अपेक्षा रहेको बताए ।