१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तपातालको पुनर्निर्माण निर्माण हुँदै


260
Shares

काठमाडौं, मंसिर २७ । ललितपुरको लगनखेलस्थित लिच्छिविकालिन सप्तपाताल पोखरीको पुनर्निर्माण गरिने भएको छ ।

नेपाली सेनाको राजदल गण अन्तर्गत रहेको पोखरीको बुधबार प्रधान सेनापति प्रभुराम शर्मा र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गर्नुभयो ।

सेनाको राजदल गण र ललितपुर महानगरपालिकाबीच भएको समझदारी अनुसार झण्डै ४० रोपनि क्षेत्रफलमा फैलिएको पोखरी पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले ५ करोड रुपैयाँ उपलब्ध गराउने छ ।

कार्यक्रममा ललितपुर महानगरपाकिालका प्रमुख महर्जनले स्मार्ट सिटी निर्माण अन्तर्गत नै पोखरीको पुनः निर्माण कार्य गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले वातावरणीयका हिसावले काठमाडौ भन्दा ललितपुर जिल्ला धेरै स्तरिय रहेको बताउनुभयो ।

सप्तपाताल पोखरीको पुनर्निर्माण आगामी ३ बर्ष भित्र सम्पन्न गर्ने योजना ललितपुर महानगरपालिकाले बनाएको छ ।