
काठमाडौं, माघ १४ । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले मधेशी दलहरुलाई सरकारको लोभ देखाएर खेल्न खोजेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकारले मधेसी दलभित्र खेल्न खोजेको आरोप उनले लगाएका हुन् ।
एउटालाई १८ महिना सरकारमा ल्याउने र फेरि अर्कोलाई ल्याउने दाउमा सरकार रहेको भन्दै यादवले सरकारले माग पूरा नगर्दासम्म समर्थन नगर्ने र सरकारमा पनि नजाने प्रष्ट गरे ।
मधेसी दललाई सत्ताको लोभ देखाएर समर्थन लिइरहेन तर मधेसको मुद्दा कहिल्यै संबोधन नगर्ने प्रवृत्ति रहेको भन्दै उनले सत्तारुढ दल र सरकारको आलोचना गरेका हुन् ।
आफूहरुले सरकारलाई एक वर्षसम्म समर्थन गर्दा माग पूरा नगरेको भन्दै उनले संघीय समाजवादी १८ महिना सरकारमा रहँदा पनि कुनै काम नभएकोमा उनले आक्रोश पोखे ।
राजपा माग र मुद्दाका लागि स्थापना भएको, सत्ताका लागि होइन भन्दै उनले समर्थनभन्दा पहिला जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीलाई छाड्नुपर्ने बताए ।
पार्टीले उपसभामुख पद नमागेको प्रष्टीकरण दिँदै उनले नमाग्दा पनि दिएमा छलफल गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस्