१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


३४१ संक्रमित थपिँदा ३ जनाको मृत्यु


195
Shares

काठमाडौं, मंसिर २७ । देशभर पछिल्लो २४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १० हजार ४१६ पीसीआर र २ हजार ८२० एन्टिजेन परीक्षण भएको छ ।

गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ पुगेको छ । सोमबार ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५ हजार ८२४ सक्रिय संक्रमित रहेका छन् ।