२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मोदीको महत्वाकांक्षी परियोजना श्रीकाशी विश्वनाथधाम करिडोर निर्माण


234
Shares

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकांक्षी परियोजना श्रीकाशी विश्वनाथधाम करिडोर निर्माण सम्पन्न भएको छ ।

यो परियोजना ७ अर्ब लागतमा ३३ महिनामा सम्पन्न भएको हो ।

प्रधानमन्त्री मोदीले बनारसमा आयोजित भव्य समारोहबीच करिडोर सार्वजनिक गर्नुभयो । यसअघि ३ हजार वर्ग फिटमा रहेको मन्दिर क्षेत्रलाई विस्तार गरेर ६ लाख वर्ग फिट बनाइएको छ ।

करिडोरको निर्माणसँगै विश्वनाथधाममा अब एकैपटक ५० देखि ७५ हजार दर्शनार्थी उपस्थित हुन सक्ने छन् । प्रधानमन्त्री मोदीले काशी विश्वनाथ धामको लोकार्पणले भारतलाई एक निर्णायक दिशा दिने भन्दै भारतले आफ्नो गुमाएको विरासत फर्काएको बताउनुभयो ।

उहाँले आफ्ना लागि भारतका जनता नै भगवानको रुप रहेको बताउनुभयो । मुलुकले यतिबेला जनताबाट स्वच्छता, सृजना र आत्मनिर्भरताको संकल्प खोजेको प्रधानमन्त्री मोदीको भनाइ थियो । काशी अहिंसा र तपको धर्ती रहेको भन्दै जगद्गुरू शंकराचार्यलाई पनि श्रीडोम राजाको पवित्रताबाट मुलुकलाई एक सूत्रमा बाँधने प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।

विश्वनाथधामको नयाँ परिसर भव्य भवन मात्र नभएर संस्कृतिको प्रतिक रहेको प्रधानमन्त्री मोदीको भनाइ छ ।