
काठमाडौं, मंसिर २७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले पहिलो अंक जोडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै जावलाखेलले लिगमा पहिलो एक अंक जोडेको हो ।
ब्रिगेडविरुद्ध हाबी भएपनि जावलाखेलले गोल निकाल्न सकेन । खेलको म्यान अफ दि म्याच जावलाखेलका सुरज ठकुरी चुनिंदा इमर्जिङ प्लेयरको अवार्ड ब्रिगेडका रोशन राना मगरले प्राप्त गरे ।
यसैगरी, आजै भएको पहिलो खेलमा संकटा क्लबले दोस्रो जित निकाल्यो । विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै संकटाले दोस्रो जित निकालेको हो । संकटालाई जित दिलाउन निरज बस्नेतले निर्णायक गोल गरे ।
निरजले खेलको १८ औं मिनेटमा गोल गरेका हुन् । यो जितसँगै संकटा लिगको चौंथो स्थानमा उक्लिएको छ । संकटाले ४ खेलमा ८ अंक जोडेको छ । पुलिसले भने लिगमा पहिलो हार व्यहोरेको छ । पुलिसले ४ खेलमा ५ अंक जोडेको छ । पुलिस लिगको आठौं स्थानमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्