
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता बढाउँदै जानु भएको छ ।
राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरुवातदेखि नै अग्रता कायम राख्नु भएको हो । अहिलेसम्म ४ हजार १ सय ७६ मत गणना हुँदा सभापति देउवाले १ हजार ९ सय ९५, सभापतिका अरु उम्मेदवार क्रमशः डा शेखर कोइरालाले १ हजार ५ सय ८९, प्रकाशमान सिंहले ३ सय १५, विमलेन्द्र निधिले २ सय ३७ र कल्याण गुरूङले १९ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कुनै पनि उम्मेदवारलाई विजयी हुन २ हजार ३ सय ४० मत चाहिन्छ । तर २ हजार ३ सय ४० मत नआए बढी मत पाउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
सभापतिको मतगणना सकिएपछि मात्रै अन्य पदहरुको गणना गरिने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्