
काठमाडौं, मंसिर २८ । उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तकला नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र भएको बताउनु भएको छ ।
हस्तकला स्वर्ण महोत्सवको अवसरमा भएको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाली हस्तकलाका वस्तुहरुले नेपालको पहिचानलाई उचो बनाउने काम गरिरहेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले नेपालको गरिवी न्यूनिकरण गर्न तथा रोजगारीको अवसर सृजना गर्न सो क्षेत्रले उल्लेखनीय योगदान दिएकाले यस क्षेत्रको प्रवद्र्धनको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले नेपाली हस्तकलाका वस्तुहरुको युरोप, अमेरिकाजस्ता विकसित देशहरुमा माग बढनु नेपाल र नेपाली हस्तकलाका लागि सबैभन्दा सुःखद विषय भएको पनि स्मरण गराउनु भयो ।
उपराष्ट्रपति पुनले नेपालमा हस्तकला क्षेत्रले महिला उद्यमीहरुको विकासमा पनि महत्वपूर्ण योगदान पु¥याईरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै महोत्सवका संयोजक रविन्द्र शाक्यले हस्तकला क्षेत्र हेर्ने छुट्टै मन्त्रालय स्थापना गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले हस्तकला क्षेत्रबारे बुझ्ने र सुन्ने कुनै पनि निकाय नभएको भन्दै तीन वटै तहको सरकारले यसलाई हेर्नेगरी छुट्टै मन्त्रालय स्थापना गर्नेमा आफूहरु आशावादी रहेको पनि बताउनुभयो । संयोजक शाक्यले हस्तकला क्षेत्रको विकासका लागि सरकारले कच्चा पदार्थको निर्यात्मा समेत उपयुक्त वातावरण बनाउन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्