
तस्विर फाइल
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ ।
ज्ञवालीले आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
उहाँले आफुसँग ४-५ दिनयता सम्पर्कमा आएकालाई सचेत रहन र केही लक्षण देखिए कोरोना संक्रमण परीक्षण गर्न आग्रह समेत गर्नुभएको छ ।
‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४-५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ ,’ उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएका हो ।
प्रतिक्रिया दिनुहोस्